१६ बैशाख २०७५, आईतवार

काठमाडौं । सरकारले सिन्डिकेट खारेज गरेपछि रुष्ट बनेका यातायात व्यवसायीले आन्दोलन थालेका छन् । नेपाल यातायात व्यवसयी राष्ट्रिय महासंघको अगुवाइमा सरकारी निर्णयमा असहमति जनाउँदै आएका व्यवासायीले आज यातायात कार्यालय एकान्तकुना घेराउ गरेका हुन् ।

दस अर्बभन्दा बढी लगानी रहेको क्षेत्रलाई सरकारले धरासायी बनाउन लागेको भन्दै निर्णय फिर्ताका लागि दवाव दिन महासंघले आन्दोलन घोषणा गरेको छ । सिन्डिकेट अन्त्यका लागि भन्दै सरकारले यातायात सेवा समितिको दर्ता र नविकरण रोकेर कम्पनी रजिष्टारको कार्यालयमा दर्ता हुनुपर्ने बाध्यकारी व्यवस्था गरेपछि व्यवसायी असन्तुष्ट छन् ।

माग पूरा नभएसम्म चरणवद्ध आन्दोलन गर्ने महासंघको चेतावनी छ । तर, अत्यावश्यक सेवा बन्द गर्न नपाउने भन्दै सरकारले हड्ताल गरे कानूनअनुसार कारवाही गर्ने तयारीमा छ ।

LIVE TV