१६ बैशाख २०७५, आईतवार

तारा आचार्य
मोरङ। गत चैत्र २५ गते गोली प्रहारबाट घाईते भई उपचार गराई रहेका हिन्दू धर्मगुरु स्वामी श्रीनिवासाचार्य आइतवार अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

विराटनगर स्थित जतुवामा आयोजित श्रीमद् भागवत पुराणमा सहभागी हुन आउनुभएका श्रीनिवासाचार्य माथि अज्ञात समुहले गोली प्रहार भएको थियो । दाहिने छात्तीको माथिल्लो भागमा गोली लागि गम्भीर घाईते भएका श्रीनिवासाचार्य स्थानीय न्यूरो अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । उपचारपछि उहांको अवस्था सामान्य हुंदै गएपछि अस्पतालले आइतवार डिस्चार्ज गरेको हो ।

अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरेर सो बिषयमा जानकारी गरएको हो । न्यूरो अस्पतालका अधिकृत तुलसी उप्रेतीले विभिन्न चरणको उपचारपछि अवस्था सुधारोन्मुख भएपछि उहांलाई डिस्चार्ज गरिएको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमास्वामी श्रीनिवासाचार्यले घटनापछि आफुले पुर्नजीवन पाएको प्रतिक्रिया दिनुहुंदै विगतझैं धार्मिक कार्यक्रमहरुलाई निरन्तरता दिने बताउनुभयो ।

अस्पतालबाट डिस्चार्ज पछि चिकित्सकहरुले आराम गर्दै औषधि सेवन गर्ने सल्लाह दिएपछि श्रीनिवासाचार्य दिउँसोको उडानबाट काठमाण्डौ प्रस्थान गर्नुभएको छ ।

LIVE TV