१६ बैशाख २०७५, आईतवार

काठमाडौं । दुवै पक्षले अडान नछोडेपछि डेढ दिन लामो विवाद पछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बसेको छ ।
बिहान ९ बजे बोलाइएको बैठक अपरान्ह चार बजेपछि सम्भव भएको थियो ।

जारी वैठकमा महामन्त्रीको प्रतिवेदनमाथिको छलफल पछि सभापति शेरबहादुर देउवाले जवाफ दिने बताइएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष निर्वाचन हारको मुख्य जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनुपर्ने अडानमा छ ।

सभापति देउवा भने वामपन्थी गठबन्धनका कारण चुनाव हारिएको निश्कर्ष निकाल्नु पर्ने पक्षमा हुनुहुन्छ ।

 

LIVE TV