१६ बैशाख २०७५, आईतवार

काठमाडौं । आउँदो सेप्टेम्बरमा भारत र पाकिस्तानले पहिलो पटक संयुक्त सैन्य अभ्यास गर्न लागेका छन् । रसियामा हुने अन्तरदेशीय प्रतिआतंकवाद अभ्यासमा भारत र पाकिस्तानले सँगै सैन्य अभ्यास गर्न लागेका हुन् ।

भारतीय रक्षा मन्त्री निर्मला सिथारमनले भारतीय समाचार संस्था पीटीआईसँग यो कुराको पुष्टि गरेकी छन् । यो सैन्य अभ्यास रसियाको युराल पर्वतमा हुने सम्भावना छ ।

भारत र पाकिस्तानका सैनिकहरुले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनमा सँगै काम गरे पनि संयुक्त सैन्य अभ्यास हुन लागेको भने ती राष्ट्रहरु स्वतन्त्र भएपछि नै पहिलो पटक हो ।

सांघाइ कोपरेसन अर्गनाइजेसन ९ओएससीओ० ले आयोजना गरेको उक्त संयुक्त सैन्य अभ्यासमा चीनसहित एससीओका सदस्य राष्ट्र सहभागी हुनेछन् ।

LIVE TV