१६ बैशाख २०७५, आईतवार

शरद आचार्य र प्रकाश सिग्देल

चितवन।  अस्पताल आफैमा सफा रहनु पर्ने संवेदनशील स्थल हो । तर सरकारी अस्पतालमा नै सरसफाईका लागि सामान्य वस्तु पनि नहुँदा त्यो अस्पतालको अवस्था कस्तो होला ? अनुमान सहजै गर्न सकिन्छ तर अस्पताल सरसफाईका लागि चाहिएको सामग्री नाम सुन्दा भने सबैलाई आश्चर्य लाग्न छ ।फिनेल, हात धुने साबुन , सरफ र भुई पुस्ने पोचा नहुँदा अस्पतालमा फोहरले राज्य गर्न थालेको छ ।

चितवन जिल्लाको सरकारी अस्पताल भरतपुर अस्पतालमा सरसफाईका लागि आवश्यक पर्ने सामान्य वस्तुको अभावका कारण नियमित गर्नु पर्ने सरसफाईका कार्यक्रममा प्रभावित भएका छन् । सरसफाईका लागि अति आवश्यक चिज पोचा, सरफ फिनेल, हातधुने साबुन लगायतका बस्तु नहुँदा अस्पतालमा पानीले मात्र सफाई गर्दै आएको कर्मचारीहरु बताउछन् ।

अस्पताल प्रशासन यस्तो सामान्य बिषयमा गम्भीर नहँुदा यस्तो समस्या आएको कर्मचारीहरुको गुनासो छ । सफाई गर्दा आवश्यक केमिकल नहालेमा मानिसमा बिभिन्न प्रकारका रोगका संक्रमण फैलन सक्छ, जसले गर्दा सरुवा रोगको महामारी समेत सृजना हुन सक्ने अस्पतालमा कार्यरत चिकित्सकहरु बताउछन् । आफुले एक हप्ता अगाडि देखि नै अस्पतालमा सफाईका लागि चाहिने सामग्री सकिएको जानकारी दिएपनि आवश्यक सामग्री नपाएको अस्पतालकी हाउस किपर शान्ति सापकोटाको गुनासो छ ।

दिनमा तीन पटक सफा गर्नु पर्ने अस्पतालका लागि दैनिक २५ केजी सरफ, १५ लिटर फिनेल, १ कार्टुन साबुन आवश्यक पर्छ । केही दिन देखि सरसफाईका सामग्री अभाव हँुदा अस्पतालको सफाई बिभागमा कार्यरत १ सय ३० जना सफाई कर्मचारीहरु पनि फुर्सदिला बनेका छन् ।

LIVE TV