१६ बैशाख २०७५, आईतवार

एजेन्सी । अमेरिकी वायुसेनाको बमवर्षक विमान एक हप्ते प्रशिक्षणका लागि दक्षिण चीनको सागरमा पुगेको छ । वायुसेनाको अनुसार बमवर्षक विमान म‌ंगलबार गुआम द्वीपको एन्डरसन विमानस्थलमा अतवरण भएको थियो । तर उक्त विमानबारे अमेरिकाले केही बोलेको थिएन ।

अमेरिकी सेनाका एक अधिकारीका अनुसार शुक्रबार दुई अमेरिकी बमवर्षक विमानले स्प्रोची द्वीपमा उडान गरेका थिए । अमेरिकाले बमवर्षक उडाएको यो द्‍वीप आफ्नो दावी गर्दै आएको छ । चीनले यो द्वीपलाई कृत्रिम रुप दिएर यसबाट बैइजिङदेखि सीधै हेर्नेगरी सैन्य सुविधासमेत बढाउँदै आएको छ।

सीमामा चीनको जासूसी

अधिकारीका अनुसार चिनियाँ सेनाले अमेरिकी विमानलाई बाधा भने गरेको छैन। दक्षिण चीन सागर आफ्नो नियन्त्रणमा लिन यी द्वीपहरु प्रयोग गर्ने कुरा अमेरिकी प्रशासक फिलिप डेभिडसनले यसै महिना कांग्रेसलाई बताएका थिए।

उनले भनेका थिए,ुचीनले दक्षिण चीन सागरमा लामो समयदेखि दावी गर्दै आएको छ। यसको मतलब उसले त्यहाँ आफ्नो सैन्य आधार स्थापित गर्न चाहन्छ। जसले गर्दा दक्षिण चीनलाई वायु र समुद्री मार्गहरु नियन्त्रण गर्नमा मद्धत मिल्नेछ।ु

LIVE TV