१६ बैशाख २०७५, आईतवार

एजेन्सी । पुरातत्वविदले एक ठुलो खुलासा गरेका छन् । जसले विगतमा बालबालिकालाई डरलाग्दो विधिबाट बलि दिने गरेको खुलासा भएको छ । अन्धविश्‍वासका कारण यहाँ २०० भन्दा धेरै साना बालबालिकालाई बलि दिइएको खुलासा पुरातत्वविदहरुले गरेका छन् ।

बच्चालाई बलि दिएर गाडिएको स्थानको उत्खनन गर्दै पुरातत्वविद । तस्बिर: एजेन्सी

पेरूको चिमु सभ्यताको केन्द्र नजिकै ट्रुजिलो क्षेत्रमा पुरातत्वेत्ताले सदियौँ पुरानो एक सनसनीपूर्ण घटना पता लगाएका छन् । यस स्थलमा पुरातत्वेत्ताहरुले १४० भन्दा धेरै बालबालिकाको अवशेष पत्ता लगाएका हुन् । यी अवशेषमा २०० साना लामाका अवशेष पनि रहेका छन् ।

सन् २०११ मा यसै स्थानमा ४२ बालबालिका र ७० लामाका अवशेष भेटिएका थिए । पेरूका पुरातत्वेत्ताले विश्वकै इतिहासमा यसलाई बच्चालाई बलि दिने सबैभन्दा ठुलो घटना भनेका छन् । यस स्थानलाई हुआनचाकिटो लास लमास पनि भनिन्छ ।

यस घटनाको नेशनल जियोग्राफिक सोसाइटीले पनि पुष्टि गरेको छ। साथै यो सोसाइटीले यस खोजका लागि आधिकारिकता दिएर सहयोग पनि गरेको छ।

सन् २०११ मा ३५०० साल पुरानो मन्दिरको उत्खनन गर्दा पनि बच्‍चाको अवशेष भेटिएको थियो । सन् २०१६ मा त्यही स्थानमा १४० बच्चा र २०० लामाको अवशेष भेटिएको थियो । रेडियोकार्बन विधिबाट पता लगाइएका यी अवशेष १४०० र १४५० ईस्वी सनका रहेका बताइएको छ।

अवशेषलाई अध्ययन गर्दा पाइएको विवरण अनुसार यी सबै बच्चाको मुटु निकालेर बलि दिएको पाइएको छ । यी अवशेषलाई अध्ययन गर्दा बच्चाहरुको मुटु निकाल्नका लागि उनीहरुको कुमको र पेटको अन्य हड्डीलाई पनि काटिएको थियो ।

LIVE TV