१६ बैशाख २०७५, आईतवार

भरतपुर । चीनलाई उपहार स्वरूप पठाउने एउटा गैँडालाई नियन्त्रण लिएको छ । नियन्त्रणमा लिएको गौंडालाई राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा निमार्ण गरिएको ‘पिट बोमा’ राखिएको छ ।

चीन पठाउन चितवन राष्ट्रिय निकुञ्जबाट समातिएको गै‌डा

नेपालले चीनलाई उपहार स्वरूप चारवाटा गौंडा दिन लागेको हो । जसमध्ये एउटा गैँडा समाउन सफल भएको छ । बाँकी तीनवटा गैँडाको बच्चाको पनि खोजी कार्य तीव्र पारिएको राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकालमा चीनलाई गैँडा उपहार दिने निर्णय गरेका थिए । २०७३ असार २६ गते सरकारले चीनलाई गैँडा उपहार दिने निर्णय अनुसार चारवटा पठाउन लागिएको हो ।

गाैँडा समाउनका लागि चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा कार्यरत प्राविधिकसहितको टोली, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको बटुक दल गणसहित ८० जनाको टोली एक सातादेखि जङ्गलमै रहेको छ ।

चितवन राष्ट्रिय निकुञ्जको खोरियामुहान क्षेत्रमा भेटिएको भाले गैँडाको बच्चालाई शनिवार राती नै सौराहा ल्याइएको छ । चीन पठाउनु अघि जङ्गलबाट ल्याएको गैँडालाई बोमामा राखेर मानिससँग घुलमिल हुन सिकाइन्छ । मानिसको व्यवहारसँग नजिक बनाउँदै ‘पिट बोमा’ बाट बोमामा सारिन्छ ।

पूर्ण रूपमा लान सकिने भएपछि मात्रै चीन पठाइने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले बताए । गैँडाको आनीबानी र खानपिनको अध्ययन गरेर चीन पठाइने उनले बताए ।

LIVE TV