१६ बैशाख २०७५, आईतवार

काठमाडौं । इण्डोनेसियामा हुने १८ औँ एसियाडका लागि ८ जना कराते खेलाडी छनोट भएका छन । जकार्तामा हुने एसियाडका लागि चार पुरुष र चार महिला खेलाडी छनोट गरेको हो ।

दुई महासंघले छुट्टाछुट्टै खेलाडी छनोट गरेकोमा अन्तिममा राष्ट्रिय खेलकुद परिषद्ले दुवै महासंघलाई एकै थलोमा राख्दै समझदारी गराएको थियो ।पुरुषको एकल कातामा त्रिभुवन आर्मीका पर्शुराम बास्तोला र महिलातर्फ नेपाल पुलिसकी चञ्चला दनुवार छनोट भएका छन् । यस्तै महिलातर्फ ५० केजी तौल समूहमा एपीएफकी अनु अधिकारीले त्रिभुवन आर्मीकी कुशुम खड्कालाई हराउदै छनोट भइन् ।

महिलातर्फकै ५५ देखि ६१ केजीको तौल समूहमा नेपाल पुलिसकी सुनिता महर्जनले एसियाडमा स्थान बनाइन ।

छनोट हुने खेलाडीहरु

पुरुष एकल कातामा : पशुराम बास्तोला
महिला एकल कातामा :चन्चला दनुवार
५५ केजीका सोनाम लामा
६७ केजीमा नबिन रसाइली
८४ केजीमा दिवस श्रेष्ठ
५० केजीकी अनु अधिकारी
५५ केजीकी सुनिता महर्जन
६८ केजी रिता कार्की

LIVE TV