१६ बैशाख २०७५, आईतवार

विराटनगर । केही दिन पहिले गोली हानी घाइते हुनुभएका धर्मगुरु श्रीनिवास आचार्य उपचारपछि घर र्फकेका न्यूरो अस्पताल, विराटनगरले जनाएको छ ।

धर्मगुरु आचार्यलाई गएको महिना चैत २४ गते राति विराटनगरस्थित एक मन्दिरमा अज्ञात मानिसले गोली हानेका थिए ।दाहिने छातीकोे माथिल्लो भागमा गोली लागी गम्भीर घाइते भएका आचार्यलाई स्थानीय न्यूरो अस्पतालमा उपचारका लागि भर्ना गराइएको थियो ।

उनलाई सघन कक्षमा राखी वरिष्ठ चिकित्सक सुदीप खनियाँको समूह उपचारमा जुटेको थियो । घटनापछि प्रहरीले शंकास्पद दुईजनालाई पक्राउ गरे पनि अनुसन्धानपछि छुटेका थिए भने अपराधी अहिलेसम्म पक्राउ नपरेकोमा धार्मिक अनुयायीहरूले आलोचना गर्दै आएका छन् ।

LIVE TV