१६ बैशाख २०७५, आईतवार

काठमाडौँ । संघी संसद्का सदस्य देवेन्द्र पौडेलले देशमा इन्द्रेणी जस्तै रंगीविरंगी सङ्घीयता आवश्यक रहेको बताएका छन् । नेपाल बहुजाती बहुभासी साझा राष्ट्र भएकोले सबै जातजातीहरुलाई समानरुपले समेट्न आवश्यक रहेको बताएका छन् ।

शनिवार राजधानीमा बाग्लुङ मगर समाज सेवाले आयोजना गरेको नयाँ वर्षको शुभकामना तथा सम्मान कार्यक्रममा माओवादी केन्द्रका नेता समेत रहेका पौडेलले यस्तो बताएका हुन् । उनले मगरहरू एउटा जाती मात्रै नरहेर राष्ट्रिय रहेको बताएका छन् । संविधान निर्माण गर्दा सम्पूर्ण कुरा समेट्न नसकेकोले संशोधन मार्फत सबैलाई सम्बोधन गर्न सकिने बताए । ‘संविधान निमार्ण गर्दा सबै माग सम्बोधन होस ठानेका थियौँ सम्भव भएन ।’ उनले भने, ‘पहिचान संविधान निर्माण गरौँ भनेको सकिएन । अब आवश्यक्ता माग अनुसार संशोधन गर्ने छौँ ।’

नेता पौडेलले विकासको कुरामा कसैले पनि पार्टी गत रूपले नहेर्न आग्रसमेत गरे । विकासको लागि कसैले राम्रो कदम चालेको खण्डमा साथ दिनु पर्ने सुझाव दिए । उनले आफू निर्वाचित जिल्लामा कसैलाई आग्रह पूर्वाग्रह नराख्ने बताएका छन् । बागलुङ दुर्गममा पर्ने भएकोले अब विकासको कायापलट गर्ने समेत बताएका छन् ।

२०६७ सालमा स्थापना भएको बाग्लुङ समाज सेवाले सामाजिक काममा अग्रसरभै काम गर्दै आएका । समाजले विन्न परिवारका सदस्यहरूलाई लोक सेवा कक्षा सञ्चालन गरी सौलिहत दिने, बुबाआमा नभएकाहरुलाई सहर दिने, अन्यायामा परेकाहरुलाई सहयोग गर्ने काम गर्दै आएका छन् । कार्यक्रममा सांसद् सूर्य पाठक, पूर्वसांसद् ज्ञानुकुमारी छन्त्याल, नेपाल मगर सङ्घका अध्यक्ष नवीन रोक्का मगर, भीम श्रीष, देवीका काउछा, गगन मगर लगायता उपस्थित रहेका थिए ।

LIVE TV