१६ बैशाख २०७५, आईतवार

काठमाडाैं । नेपाली कांग्रेसको अाज बस्ने भनिएकाे केन्द्रीय समिति बैठक अझै बस्न सकेकाे छैन । आइतबार बिहान ९ बजेका लागि बोलाइएको बैठक दिउँसाेसम्म सुरू हुन सकेन ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल केन्द्रीय कार्यालय सानेपाबाट बाहिरिएसँगै आजको बैठक पनि अनिश्चित बनेको छ। पार्टीको भावी कार्यक्रम र प्रस्तुति कस्तो रहने भन्ने विषयमा महामन्त्री शशांक कोइरालाको प्रतिवेदनलाई लिएर कांग्रेसमा तनाव उत्पन्न भएको हो।

चैत ९ बाट जारी बैठक एक महिनाभन्दा बढी भइसक्याे, अाज पनि टुंगिने छाँटकाट छैन । शुक्रबार नै फाइनल हुने भनिए पनि सभापति शेरबहादुर देउवाको व्यवस्ता देखाउँदै केन्द्रीय समिति शनिबारका लागि स्थगित गरियो। शनिबार महामन्त्रीको प्रतिवेदनमाथि नै विवाद भएपछि अाजका लागि सारिएकाे थियाे ।

जारी बैठकमा महासमिति कहिले तोक्ने, हारको जिम्मा कसले लिने भन्ने विषय र पदाधिकारी विवादले गर्दा बैठक टुंगाेमा पुग्न नसकिरहेकाे स्राेतले बतायाे ।

LIVE TV