१६ बैशाख २०७५, आईतवार

चुहानडाँडा । तेह्रथुम  शिक्षाको हिसावले निक्कै शिक्षित जिल्ला मानिन्छ  । जहाँ राणा कालमै उच्च शिक्षाकालागि विध्यालयहरु खुले रत्यहाँका नागरिकले स्वतन्त्ररुपमा शिक्षा लिने गरेको एक उदाहारणीय जिल्ला पनि हो । जहाँ २०१८ सालमै त्रिभुवन विश्वबिध्यालयको आगिंक क्याम्पस (तेह्रथुम बहुमुखी क्याम्पस) स्थापना भएको थियो । जिल्लाको साविक चुहाण्डाडा गाविसमा अवस्थित यो क्याम्पसले पुर्वका बिभिन्न जिल्लाको प्रतिनिधित्व गरिरहेको छ । यो लगायत हाल जिल्लाम चार भन्दा बढि क्याम्पसमा स्नातकोतर सम्म पढाई हुन्छ । यो जिल्ला खुला दिसामुक्त जिल्लाका रुपमानै घोषित भयो । तर जहाँ शिक्षक नै शौच गर्न जंगलतिर जान्छन्भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर तपाई अचम्मित नहुनुहोस्, यो घटना यथार्थ हो ।

शौच गर्न जंगलतिर जानु शिक्षकको रहर होइन्, यो उनीहरुको बाध्यता हो । खुला दिसामुक्त घोषित जिल्ला तेह्रथुमका दर्जन बढी सुख्खाग्रस्त गाउँका विद्यालयमा अध्यापनरत शिक्षक शौच गर्न जंगल छिर्छन् ।

शौच गरिसकेपछि सरसफाइ गर्ने पानी नहुँदा जिल्लाका गाउँगाउँमा रहेका विद्यालयका शिक्षक नै शौच गर्न जंगलतिर जानुपर्ने बाध्यता रहेको बताउँछन् । तेह्रथुमका फेदाप, छथर र आठराई गाउँपालिका तथा म्याङलुङ नगरपालिकाका समेत धेरैवटा विद्यालयमा शौचालय त छन्, तर शौचालयको सरसफाइमा प्रयोग हुने पानी नहुँदा प्रयोगमा आउन सकेका छैनन् ।

त्यस्ता विद्यालयका शिक्षक र विद्यार्थी खुलारुपमा नै शौच गर्न बाध्य छन् । गाउँभन्दा टाढा रहेको आफ्नो विद्यालयमा शौचालय सञ्चालनका लागि पानी नहुँदा यस्तै समस्या बेहोरिरहेको फेदाप गाउँपालिका–१ स्थित बालमकर माविका प्रधानाध्यापक कृष्णबहादुर थापाले बताउनुभयो ।

यो विद्यालय नजिकै गाउँसमेत छैन । पिउने पानीसमेत शिक्षकले घरैबाट बोकेर लैजान्छन् । पानी अभावले विद्यालयमा गम्भीर समस्या निम्तिएको सो विद्यालयका एक शिक्षकले बताए ।

विद्यालयमा निम्तिएको यस्तो समस्याप्रति सम्बन्धित निकायको ध्यानाकर्षण नभएको शिक्षकले गुनासो गरेका छन् । सुख्खा क्षेत्रका धेरै वटा विद्यालयमा यस्तो समस्या छ ।

तेह्रथुम जिल्लालाई गत वर्ष नै खुला दिसामुक्त जिल्ला घोषणा गरिसकिएको छ । जिल्लाका ९५ प्रतिशत बढी घरधुरीमा चर्पीसमेत बनिसकेको छ । तर अझै पनि सुख्खाग्रस्त गाउँका बासिन्दाले पानी अभावकै कारण चर्पी प्रयोग गर्न नपाएको दुखेसो पोखछन् ।

LIVE TV