१६ बैशाख २०७५, आईतवार

बाजुरा । जिल्लाको जगन्नाथ गाउँपालिका–१ मा धामीको शक्ति देखाउने भन्दै दुई जना झाँक्री कर्णाली नदीमा हाफ फाल्दा एकको मृत्यु भएको छ, भने एक जना बेपत्ता भएका छन् ।

प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी अर्जुन रानाभाटका अनुसार मृत्यु हुनेमा ६१ वर्षीय मानबहादुर सिंह विष्ट रहेका छन् । त्यस्तै, ५३ वर्षीय जयबहादुर विष्ट बेपत्ता भएका छन् ।

उनका अनुसार बगरमा बसेर काम्दै काम्दै दुवै जना नदीमा हाफ फालेको स्थानीयले बताएका छन्। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LIVE TV