१६ बैशाख २०७५, आईतवार

काठमाडौं । ट्रेलर रिलिजको तयारीमा रहेको यो चलचित्र ‘भैरे’ काे फष्टलुक सार्वजनिक भएको छ ।

चलचित्र आगामी १८ जेठबाट प्रदर्शनमा आउदै छ । पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरू दयाहाङ्ग राई, बुद्धि तामाङ्ग, वर्षा सिवाकोटी, सुरक्षा पन्त, बिक्रान्त बस्नेत र अनुभव रेग्मी राखिएको छ ।

एभरेष्ट सूर्य बोहराको लेखन र निर्देशन रहेको यो चलचित्रको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् ।

नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’मा विक्रान्त बस्नेत, बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, दयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको पनि अभिनय रहेकाे छ ।

LIVE TV