१६ बैशाख २०७५, आईतवार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा शिलान्यास गर्ने तयारी भइरहेको अरुण तेस्रो जलविद्युत्त आयोजनाको कार्यालयमा बम विस्फोट गराएको छ । संखुवासभाको खाँदबारी ९ स्थित तुम्लिङटारमा रहेको कार्यालयमा अज्ञात समूहले बम विस्फोट गराएको हो।

जिल्ला प्रहरी कार्यालय संखुवासभाले गएराति १२ः२५ बजे बम विस्फोट भएको र त्यसबाट कार्यालयको दक्षिणतर्फ सामान्य क्षति भएको जनाएको छ ।

‘राति १२ः२५ बजे कार्यालयको दक्षिणतर्फ बम विस्फोट हुँदा पर्खालमा सामान्य क्षति भए पनि अन्य क्षति भएको छैन’, इन्स्पेक्टर वेदप्रसाद गौतमले विस्फोटबारे जानकारी गराउँदै भने -विस्फोट कसले गरायो भन्नेबारे केही खुलेको छैन । घटनालगत्तै सुरक्षा सतर्कता अपनाएइको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LIVE TV