१६ बैशाख २०७५, आईतवार

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) काे शनिबार भएकाे खेलमा चेन्नई सुपरकिंग्सलाई मुम्बई इण्डियन्सले ८ विकेटले पराजित गरेकाे छ । यो जितसँगै मुम्बई अार्इपीएल खेल तालिकाकाे एक स्थान माथि उक्लिँदै छैटौं स्थानमा पुगेको छ ।

शीर्ष स्थानमा रहेकाे चेन्नर्इ सुपरकिंग्स मुम्बई इण्डियन्ससँग ८ विकेटले पराजित भएको हाे । यो हार सँगै चेन्नईले २ अंकको अग्रता लिने मौकासमेत गुमाएको छ । सातौं खेलमा चेन्नईको यो दोस्रो हार हो

शनिबार राति भएको खेलमा मुम्बईका लागि कप्तान रोहित शर्माकाे उत्कृष्ट ब्याटिङ रह्याे, जसले गर्दा मुम्बई ८ विकेट जित हासिल गर्न सफल भयाे ।  उनी ३३ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५७ रन बनाउँदै नटआउट रहे । यस्तै ओपनर सूर्यकुमार यादवले ३४ बलमा ४४ रन बनाए भने इभिन लुइसले पनि ४३ बलमा ४७ रन जोडे । मुम्बईलाई अन्तिम दुई ओभरमा २२ रन चाहिएको बेला रोहितले १९ औं ओभरमा चार चौका हानेर टिमलाई जित दिलाएका हुन् । उनी प्लेयर अफ दी म्याच घाेषित भएका छन् । मुम्बईको यो दोस्रो जित हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै १६९ रन बनाएको थियो । चेन्नईका लागि सुरेश रैनाले ७५ रनको योगदान दिएका थिए । यस्तै अम्बाती रायडुले ४६ रन बनाए भन महेन्द्रसिंह धोनीले पनि २६ रन बनाए । बलिङ तर्फ मिचेल म्याकलेनाघन र क्रुनाल पाण्डेले २/२ विकेट लिएका थिए ।

चेन्नई १० अंक सहित आईपीएल तालिकाको शीर्ष स्थानमै रहेकाे छ । साताैं खेलमा अाइपुग्दा तालिकाकाे दाेस्राे, तेस्राे स्थानमा क्रमशः सनराइजर्स हैदराबाद र  किंग्स इलाभेन पञ्जाब रहेका छन् ।

LIVE TV