१६ बैशाख २०७५, आईतवार

काठमाडौं । मौसमविद्का अनुसार आज काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा पनि पानी पर्नेछ ।

शुक्रबार बेलुकीदेखि सक्रिय भएको न्यूनचापीय क्षेत्रको प्रभावले देशका धेरै ठाउँमा पानी परिरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिएकाछन् । उनका अनुसार भोलिसम्म नै मौसम सक्रिय हुने देखिएको छ ।

आज रातिदेखि नै विभिन्न ठाउँमा पानी परेको र मनसुनी न्यूनचापीय क्षेत्र सक्रिय भए पनि झरी पर्ने सम्भावना भने छैन । आज मौसम एकछिन खुले पनि फेरि बदली हुँदै केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने मौसमविद्को अनुमान छ ।

LIVE TV