१६ बैशाख २०७५, आईतवार

काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुक पुगेका महिला कामदारमध्ये चालू आर्थिक वर्षको गत नौ महिनामा १६ जना महिला कामदारले ज्यान गुमाएका छन् । २०७४ सालको चैत मसान्तसम्म कुल ३२ हजार १८४ जना महिला कामदार वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकतर्फ गएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ ।

सो अवधिमा श्रम स्वीकृति लिएर वैद्यानिक रूपमा जानेहरूको संख्या रहेको बोर्डले जनाएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार २०६५ देखि चालू आवको वैशाख दोस्रो सातासम्मको तथ्यांक हेर्दा करिब १ सयको संख्यामा महिला कामदारको मृत्यु भएको छ । न्यून आयका लागि पनि विभिन्न मुलुकमा पुगेर त्यहाँको रोजगारीका क्रममा ज्यान गुमाउने महिलाको मृत्युको कारण पनि हृदयघात र डिप्रेसनलाई नै औंल्याइएको बोर्डका प्रमुख कार्यकारी निर्देशक रघुराज काफ्लेले जानकारी दिए ।

उनले यहाँबाट ठुलो महŒवाकांक्षा बोकेर वैदेशिक रोजगारीमा जाने महिलाहरूमा विशेषगरी डिप्रेसन र हृदयघातका कारण मृत्यु भएको देखिएको बताए । बोर्डका अनुसार पछिल्ला तीन वर्षको तथ्यांकअनुसार सन् २०१५ मा १२, २०१६ मा २७, २०१७ मा ३२ जना नेपाली महिला कामदारको वैदेशिक रोजगारीको क्रममा विदेशमा नै मृत्यु भएको छ ।

वैदेशिक रोजगारीमा जाने महिला कामदारको मत्युदर घटाउन सरकार र अन्य विभिन्न निकायबाट हालसम्म भएका प्रयासहरू खासै उपलब्धिमूलक नभएको सम्बन्धित सरोकारवालाको भनाइ छ । उनीहरूले वैदेशिक रोजगारीमा जानेहरूको मृत्युदर घटाउन अहिलेसम्म सरकारले प्रभावकारी काम नै नगरेको बताउँदै आएका छन् ।

नौ महिनामा १६ महिलाको मृत्यु
वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने कामदारको निधनबारे अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा नै थन्किएको उनीहरूको भनाइ छ । गगन थापा स्वास्थ्यमन्त्री हुँदा गठन भएको सो कार्यदलले वैदेशिक रोजगारीका क्रममा कामदारको निधनबारे सूक्ष्म अध्ययन गरेको थियो । वैदेशिक रोजगारीका क्रममा मृत्यु हुन पुगेका कामदारको निधनको कारणबारे वैज्ञानिक रूपमा अध्ययन गरिएको थियो । सो कार्यदलमा दुई चिकित्सकसहित पाँच जनाको प्रतिनिधित्व थियो ।

सो कार्यदलले मलेसियाका तीनवटा सहरको ६ वटा रोजगारदाता कम्पनीमा कार्यरत कामदारको निधनबारे अध्ययन गरेका थियो । कार्यदलले रोजगारदाता कम्पनीको पनि विस्तृत अध्ययन र अनुगमन गरेको थियो । कार्यदलका सदस्य डा।रामेश कोइरालाका अनुसार कामदारको निधनसम्बन्धी प्रतिवेदन गत असारमै स्वास्थ्य मन्त्रालयमा बुझाइएको थियो ।

चालू आव २०७४÷७५ को ९ महिनामा कुल १ लाख ४० हजार जना श्रम स्वीकृति लिएर विभिन्न मुलुकतर्फ गएका छन् । यस अवधिमा सबैभन्दा धेरै नेपाली कामदार मलेसिया पुगेका छन्
स्वास्थ्य मन्त्रालयले सो प्रतिवेदन हालसम्म न श्रम तथा रोजगार मन्त्रालयमा पठाएको छ । न सार्वजनिक नै गरेको छ । वैदेशिक रोजगारीका क्रममा हुने मृत्युबारे हालसम्म मलेसियाको अस्पतालले अवैज्ञानिक रूपमा पुष्टि गर्दै आएको छ । मलेसियन स्वास्थ्य संस्थाले अधिकांश कामदारको मृत्युको कारणमा हृदयघात र डिप्रेसन भनेर औंल्याउँदै आएको छ । उनले सरकार, सम्बन्धित देशका दूतावास र सरोकारवालाले विदेशमा कामदारको मृत्युको कारणबारे चासो देखाउन कोही तयार नभएको बताए ।

मलेसियन स्वास्थ्य संस्थाले अधिकांश कामदारको मृत्युको कारणमा हृदयघात र डिप्रेसन भनेर आंैल्याउँदै आएका छन् । सोही कार्यदलको प्रतिवेदनअनुसार कामदारको मृत्युपछि मुटुरोग र डिप्रेसनलाई हचुवाको भरमा पहिलो कारण मानिँदै आएको छ । अहिलेसम्म रोजगारीका क्रममा मृत्यु भएका कामदारको पोस्टमार्टम रिपोर्ट नेपाली दूतावाससम्म पुगेको छैन ।

पोस्टमार्र्टम रिर्पोटबिनै मृत्युको कारण मुटुरोग र डिप्रेसन मान्न नसकिने उनीहरूको दाबी छ । वैदेशिक रोजगारीमा विभिन्न मुलुकमा पुग्ने कामदारको हकमा त पोस्टमार्टम रिपोर्ट नै आधिकारिक दस्ताबेज भएको उनीहरूको भनाइ छ । उनीहरूले विदेशमा कामदारको मृत्युबारे गम्भीर अध्ययन गर्न आवश्यक रहेको बताए ।

चालू आव २०७४÷७५ को गत नौ महिनामा १ लाख ४० हजार जना श्रम स्वीकृति लिएर विभिन्न मुलुकतर्फ गएका छन । यस अवधिमा सबैभन्दा धेरै नेपाली कामदार मलेसिया पुगेका छन् । वैदेशिक रोजगारीका लागि सरकारले कामदार पठाउन स्वीकृति दिएका कुल १११ मुलुकमध्ये अहिलेसम्म सबैभन्दा कम जापान जानेको संख्या न्यून रहेको छ ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार, २०७४ चैतसम्ममा एक लाख ३४ हजार ७७२ जना पुरुष कामदार र ५ हजार ३७८ जना महिला गरी जम्मा एक लाख ४० हजार १ सय जना नेपाली कामदार श्रम स्वीकृति लिएर विभिन्न मुलुकतर्फ गएका छन् । यसैगरी, रोजगार अनुमति प्रणाली मार्फत दक्षिण कोरिया जानेको संख्या छुट्टै रहेको छ । राजधानी दैनिकबाट

LIVE TV