१६ बैशाख २०७५, आईतवार

काठमाडौं । सरकारले हवार्इ यात्रुको बीमा बढाउने ‘मन्ट्रेयल कन्भेन्सन’लाई अनुमोदन गर्न संसदमा पठाउने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइकाओको मन्ट्रेयल कन्भेन्सनलाई अनुमोदन गर्ने तयारी गरेको हो।

नेपालले मन्ट्रेयल कन्भेन्सनमा प्रतिबद्धता जनाए पनि हालसम्म संसदबाट अनुमोदन नहुँदा ६० वर्षदेखि एउटै बीमा रकम कायम हुँदै आएको छ । साथै हवाई दुर्घटनामा मृत्यु हुने आफन्तका परिवारले थोरै मात्र बीमाको रकम पाउँदै आएका छन्। अब भने सो कन्भेन्सन संसदबाट अनुमोदन भएमा १ लाख १२ हजार १ सय डलर कम्तिमा पुनर्बिमा कम्पनीबाट क्षतिपूर्ति पाउनेछन्। हाल भने प्रतिव्यक्ति २० हजार डलर मात्रै रहेको खबर आजको कारोबार दैनिकमा छापिएको छ ।

ठूला देशहररूले वार्सा कन्भेन्सनलाई कार्यान्वयनमा लगेका छन्, जसमा बीमा रकम १ लाख ५० हजार डलर रहेको छ। तर नेपालले भने सन १९५५ को हेग प्रोटोकल कार्यान्वयनमा राखेको छ।

‘हाम्रो ढिलासुस्तीले अनुमोदन नहुँदा पीडित परिवारलाई झन पीडा दिने काम भइरहेकाले अब तत्काल संसदमा टेबुल हुनेछ,’ मन्त्री रवीन्द्र अधिकारीले भने। उनले अब बस्ने संसदमा यो विषयको अनुमोदन हुने दाबी गरेका छन् ।

LIVE TV