१५ बैशाख २०७५, शनिबार

काठमाडौँ । गायक तुल साम्सुहाङ राईको नयाँ गीत चाँडैनै सार्वजनिक हुने भएको छ । गायक राईले ‘गोर्खे सलाम’बोलको गीत भिडियोसहित बजारमा ल्याउन लागेका हुन् । यो गीत गायक राईको ‘सुरुवात’ गीति एल्बममा समावेश गरिएकाे छ ।

गायक राई आफैले सामाजिक सञ्जाल फेसबुक मार्फत नयाँ गीत ‘गोर्खे सलाम’ ल्याउँदा गरेको जानकारी गराएका हुन् । टङ्क बुढाथोकीको शब्द, सङ्गीत तथा एरेञ्जमा गायक राईले उत्कृष्ट आवाज दिएका छन् ।

गायक राईको ‘गोर्खे सलाम’ मा निर्मल लामाको निर्देशनमा भिमफेदी गाइजको फिचरिङ रहेको छ । गायक राईको ‘गोर्खे सलाम’लाई पवन सुस्लिङ्गले सम्पादन गरेका छन् ।

गायक राईको यो दोस्रो गीत हो । यो भन्दा अगाडि गायक राईले ‘माया साराङ्गे’ दर्शक तथा श्रोतामाझ ल्याइसकेका छन् । जुन गीतलाई दर्शक तथा श्रोताहरूले धेरै रुचाएका पनि छन् ।

LIVE TV