१५ बैशाख २०७५, शनिबार

काठमाडाैँ । प्रधानमन्त्री ओली र प्रचण्डवीच दुवै पक्ष आ–आफ्नो पूर्वअडानबाट पछि नहटेपछि हिजोको वार्ता विनानिष्कर्ष टुङ्गिएको थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गर्दै आएका थिए, मार्क्स जयन्तीको अवसर पारेर यही २२ गते एकता मिति तय गरिने बताइएको भए पनि सहमति हुन नसक्दा मिति तय भएन ।

प्रचण्डवीच शनिबार बालुवाटारमा पुनः भेटवार्ता भयो । तर, यो भेटघाट पार्टी एकताबारे छलफल गर्न नभई अर्कै प्रयोजनका लागि आयोजना गरिएको थियो । प्रधानमन्त्री ओली र प्रचण्डवीचको भेटमा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल पनि सहभागी थिए । राजनीतिक नेताहरुको जमघटमा गृहसचिव प्रेम राईसमेत निम्त्याइएका थिए ।

वाम एकताका बारेमा छलफल नभइ देशको शान्ति सुरक्षाका मामिलामा मात्रै कुराकानी भएको माओवादीका एक नेताले बताए । देशका विभिन्न भागमा विप्लव समूहले स्थानीय जनप्रतिनिधिहरुलाई राजीनामा गर्न धम्की दिइरहेको र सुरक्षा थ्रेट बढेको भन्दै यसबारे कस्तो रणनीति अपनाउने भन्ने विषयमा शनिबार छलफल भएको स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तिथि नजिकिँदै गएकाले यसमा पनि सुरक्षा सतर्कता बढाउनुपर्ने विषयमा कुराकानी भएको छ ।

 

 

LIVE TV