१५ बैशाख २०७५, शनिबार

धनकसटा । धनकुटा र तेह्रथुमको सिमानामा पर्ने गुरासे ध्वजे पटेक डाँडालाई पर्यटकिय स्थलको रुपमा थप विकास गरिने भएको छ ।

प्राकृतिक हिसाबले आफै सुन्दर र आकर्षक यी डाँडाहरुलाई छथर जोरपार्टी गाउँपालिकाको पहलमा पर्यटकिय स्थलको रुपमा बिकास गर्न लागिएको हो ।

जसका लागि यहाँ सञ्चालन गर्न सकिने विभिन्न सम्भावनाको अध्ययन भईरहेको छथर जोरपार्टी गाउँपालिकाका प्रमुख शेर बहादुर लिम्बुले बताएका छन् ।

जसअनुसार गत बैशाख १ गते नै गाउँपालिका प्रमुख लिम्बु, गापा उपाध्यक्ष बिमला श्रेष्ठ लगायतको टोलीले सो डाँडाको अध्ययन अवलोकन गरेको गाउँपालिकाका प्रवक्ता टेक बहादुर घिसिङ्गको भनाई छ ।

यी डाँडाहरुलाई पर्यटकिय स्थलको रुपमा विकास गर्न गाउँपालिकाले अहिले ५ लाख बजेट छुट्याएको छ । तर ५ लाखले शूरुमा के काम गर्ने त भन्नेबारे भने अहिले निर्णय भईनसकेको प्रवक्ता घिसिङ्गले बताए ।

यसको निर्णय चाँडै गरेर यही वैशाख भित्र काम थालिने पनि उनको भनाई छ । पटेक डाँडा समुन्द्र सतहबाट झण्डै २६ सय मिटरको उचाईमा रहेको अनुमान छ ।
यो डाँडाबाट रमणिय हिमश्रृङ्खलाका साथै पूर्वाञ्चलका विभिन्न जिल्लाहरु देख्न सकिन्छ ।

LIVE TV