१५ बैशाख २०७५, शनिबार

कञ्चनपुरको पुर्नवासमा भारतको दादागिरी, फेरी सीमा मिच्यो

कञ्चनपुर । भारतले ७ नम्बर प्रदेशको कञ्चनपुर जिल्लामा फेरि सीमा मिचेकाे छ । भारतीय निकुञ्जबाट आउने हात्तीको आतंक रोक्न लगाइएको विद्युतीय तारबार भारतको सीमा सुरक्षा बल एसएसबीले बिहीबार भत्काएको छ ।

एसएसबीले नेपाल प्रहरीकै अगाडी तारको पोल लगेको भिडियो समाजिक सञ्जालमा भाईरल बनेको छ ।

नेपाल भारत सीमा स्तम्भ नम्बर १९४ नजिक नेपाली भुमिमै गाड्न थालिएका पोलहरु ठुलो संङख्यामा आएका एसएसबीले भत्काएको हो ।
जुन सिमा सम्बन्धी अन्तराष्ट्रिय कानुन बिपरीत छ ।

सीमा क्षेत्रमा कुनै विबाद वा समस्या देखिए दुबै देशको प्रशासन र सरकारसंग समन्वय गरी विबाद सुल्झाउने कुटनीतिक बाटो नगई भारत पटक पटक नेपालको सीमा मिच्दै आएको छ ।

भारतीयको दादागिरी र हेपाहा प्रबृतीकै कारण बिवाद देखिएको धेरै स्थानको समस्या समाधन हुन सकेको छैन् ।

बलात्कारको घटना मिलाउन लागिपरे प्रहरी र वडा अध्यक्ष, ५० लाखमा मिल्न दबाब

सर्लाही । सर्लाहीको कविलासी नगरपालिका वडा नम्वर ५ की १३ बर्षिया किशोरी आफ्नै छिमेकी सुनिल पासवानबाट बलात्कृत भएकी छन् । छिमेकमा बस्ने पासवानले सलले किशोरीको मुख बाँधेर घर पछाडीको उखु बारीमा जबरजस्ती लगि यसरी जबरजस्ती गरेको घटना पीडित युवती बताएकी छन् ।

तर सर्लाहीकै जिल्ला प्रहरी कार्यालय मलंङ्वाले निवेदन नै लिएन र पीडितलाई ईलाका प्रहरी कार्यालय हरीपुर जान भनियो । तर ईलाका प्रहरी कार्यालयल हरीपुरका ईन्चार्ज अनिल ठकुरी भने बलात्कारको यो केसलाई मिलाउन तिर लाग्न थाले र पीडितलाई मिल्न दबाव दिन थाले । कुरा वडा अध्यक्ष सम्म पुग्यो । वडा अध्यक्ष राज किशोर रायले त झन किशोरीको बुवालाई ५० लाख दिलाई दिन्छु भन्दै मिल्न दबाव दिएको उन्का बुवा बताउँछन् ।

हरीपुर प्रहरी चौकीका ईन्चार्ज ईनिसपेक्टर अनिल ठकुरीले अधिकरकर्मी सावित्री सुवेदीलाई चौकीमा आफुहरुले पैसा लिन नमिल्ने भए पनि आफुहरुले कागज गराईदिने भन्दै मिल्न दबाब दिए । उपचार गराउन जाँदा समेत बलत्कार भएको भनी कसैलाई नखोज्न भनिरहे ।
सवित्रीले बलात्कृत किशोरीसहित परिवारलाई काठमाडौ ल्याएपछि ईनिस्पेक्टर अनिल ठकुरीले पटक पटक पीडित परिवार घरमा भए बलत्कारी समात्न सजिलो हुन्छ समेत भनिरहे । उनको यो भनाईमा स्पष्ट बुझ्न सकिन्छ ईनिसपेक्टर अझै पनि बलत्कारको केस मिलाउन खोजिरहेका छन् ।

एक रातका लागि भए पनि पीडितलाई घरमा ल्याईए बलात्कार समात्न सजिलो हुने भन्दै ईनिसपेक्टर ठकुरी दबाब दिई रहे । बलत्कारीलाई खोज्नु भन्दा उल्टो पीडितलाईनै खोज्न प्रहरी लागि प¥यो जसले मिलापत्र गराउन खोज्ने प्रहरीको नियत स्पष्ट पार्दछ ।

पीडितको परिवारमा ५ जना सदस्य छन् । किशोरीका बुवा वीरगन्जमा रिक्सा चलाउछन् । बिहान खाए साँझ के खाउ भन्ने अवस्था छ । बलात्कारको यो घटना पछि गांउमा बस्ने अवस्था छैन् । कहाँ बस्ने के गर्ने परिवारको अर्काे समस्या छ ।

बलात्कारको घटनापछि हरीपुर पुगेकी अधिकारकर्मी सावित्री सुवेदी वडा अध्यक्ष र प्रहरीमात्र नभई अन्य धेरै व्यक्तिहरुले किशोरीको परिवारलाई मिल्नलाई दबाब दिएको बताउछिन ।

उपत्यकाका सडकमा ढलको बाढी

ललितपुर । उपत्यकाका सडकहरुमा धुलो उड्नु पानी परे हिलो हुन सामान्य हो । अब त ढलको बाढी आउनु पनि सामान्य भईसक्यो ।
शुक्रबार साँझ भारी बर्षा भएसँगै उपत्यकाका विभिन्न स्थान तालमा परिणत भए । दिपेन्द्र बिष्टले फेसबुमा पोष्ट गरेको यो भिडियो ललितपुरको कुमारीपाटीको हो ।

सवारी चालकहरुले सडक कता छ भनि छुट्याउन सक्ने अवस्था छैन् । सडकमा भएका खाल्डाका कारण बाईकहरु लडिरहेको छन् । सर्वसाधारणले हिडन् सडक पेटी पुरै डुबेको छ ।

कुमारीपाटीसँगै कुपण्डोलको अवस्था पनि यस्तै छ । सडक ढलको बाढी छ । अनि सडकमा भएका खाल्ला खुल्डीका कारण बाईकहरु लडिरहेका छन् ।

उपत्यकाम सडक विस्तार, खाने पानी बिस्तारका लागि धेरै ठाँउमा भत्काइएको छ । बिच सडकमा खाँडल बनाइएको छ । तर पुर्ने चाँजो पाँजो नै छैन । एक दिनको बर्षामा जलमग्न हुने उपत्यका सडकको बर्खा याममा कुन अवस्था होला । त्यो सजिलै आँकलन गर्न सकिन्छ ।

LIVE TV