१५ बैशाख २०७५, शनिबार

मुलुकमा काम भन्दा कुरै बढी भयो । मन्त्रीहरुका भाषण सुन्दा सुन्दा कान पाक्न आँटी सके । यसो गर्छु र उसो गर्छु भनिरहेका मन्त्री ज्युहरुलाई आज चाँही एउटा अनुरोध गर्न चाहान्छु ।

मन्त्री मण्डलको अब बस्ने बैठकले एउटा सोलिड निर्णय गरोस् कि अबको ६ महिना हामी, प्रधानमन्त्री लगायत सारा मन्त्रीहरु एक शब्द बोल्दैनौं । कुनै सभा समारोह, उद्घाटन, शिलन्यास आदीमा जाँदैनौ । अबको ६ महिना हाम्रो फोटो पत्रपत्रिकामा आउँदैन, आवाज रेडियोमा बज्दैन, अनुहार टेलिभिजनमा देखिदैन ।

यो निर्णय मन्त्रीपरिषद्ले गरिदिए १ घण्टमसम्म ताली पड्काउन हुन्थ्यो । कति घोषणा गरेको,कति बोलेको कति प्रतिवद्धता देखाएको । टु मच भैसक्यो । यसो गर्छु, उसो गर्छुु यो हुन दिन्न, उ हुन दिन्न भनेर भनेको भनेकै गरेको टिभीमा हेर्दा हेदाए अबत एलर्जी नै भैसक्यो ।

पपुलर हुने २÷४ वटा काम र काम भन्दा बढी हल्ला ग¥या छन् । देशको अमुल्य समय किन नष्ट हुने नहुने कुरा कनिकुथी बोले तपाईको घाटी र हाम्रो दिमागलाई किन कष्ट ?

६ महिना प्रधानमन्त्री देखि मन्त्रीहरु कसैलाई कही देख्नै नपरोस् । गुप्त बास बसेर दिनको १५÷१५ घण्टा खुरु खुरु काम मात्र गर्नुहोस् । टाइममा सुत्नुस, टाइममा उठ्नुस हप्तामा १ दिनमा छुट्टी लिनुस् परिवारलाई टाइमा दिनुस तर ताल न वेतालसँग बाटो जाम गराएर साइरन बजाउँदै हुइकिनु पर्ने के काम छ र तपाईहरुको ?

बिहान ६ बजेदेखी राती १२ बजे सम्म मान्छे भेटेको भेट्यै गरेर विजी छु भन्ने ? तपाईहरु जति व्यस्त देखिनु हुन्छ, साँच्ची नै त्यती व्यस्त हुनु भएको हो भने यो मुलुकको काँया पलट हुन्थ्यो शहरको गल्लीको एउटा खाल्डो विगत ३० बर्षदेखि जस्ताको त्यस्तै छ मन्त्रीहरु चाँही विजी रे ।
टाइम म्यानेज गर्न नजाने पछि मानिससँग विजी छु भन्ने बोहक केही उपाय हुन्न । क्यानडाका प्रधानमन्त्री पब्लिक टे«नमा भेटिन्छन्, बच्चाहरुसँग पार्कमा देखिन्छन् कलेज स्टुडेन्टसँग इन्टरयाक्ट गरिरहेका हुन्छन् ।

फुर्सदै छ कि क्यानडा भन्ने देशमा कामै छैन ? छ महिना कोही केही नबोल्नुहोस् । ६ महिनापछि यो यो काम ग¥यौं भनेर देखाउनुहोस् । केही उल्लेख्य काम गर्नु भएको भए फुलमाला लिएर जनता आँफै तपाई समक्ष आउँछन् ।

हामी मिडियावालाहरुलाई पनि टेन्सन भैसक्यो भन्या । जहिले पनि यसो भन्नु भयो उसो भन्नु भयो भन्दा भन्दा न्युजहरु नै वेस्वादका भैसके । यसो गर्नुुभयो, उसो गर्नुभयो भन्न पाएपो न्युज पनि हेर्न लायक बन्थ्यो । विन्ती छ, ६ महिना काम मात्र गरिदीनुहोस् । नो उद्घाटन, नो भाषण, नो घोषणा, ओन्ली काम काम काम ।

LIVE TV