संघीय संसदका दुईसभामा १६ वटा संसदीय समिति रहने 



प्रकाशित मिति : Apr 17, 2018

काठमाडौँ । संघीय संसदका दुई सभाको १६ वटा संसदीय समिति रहने भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाले गठन गरेका छुट्टा–छुट्टै मस्यौदा समितिले संख्या निर्धारण गरेको हो ।

प्रतिनिधिसभाको १०, राष्ट्रियसभाका ४ संसदीय समिति रहने गरी मस्यौदा बनाइएको छ । यस्तै दुबै सभाका संयुक्त दुई वटा समिति रहने छन् । वैशाख अन्तिम साता बस्ने सम्भावना रहेको संघीय संसदको बजेट अधिवेशनको पहिलो बैठकमै दुवै सभाका नियमावली मस्यौदा पेस गर्न समितिले काम अघि बढाएका छन् । प्रतिनिधिसभामा अर्थ तथा योजना, सार्वजनिक लेखा, कानुन न्याय तथा मानव अधिकार, विकास, उद्योग वाणिज्य श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक, शिक्षा तथा स्वास्थ्य, कृषि तथा प्राकृतिक स्रोत, राज्यव्यवस्था तथा अन्तर्रा्ष्ट्रिय सम्बन्ध समिति रहने गरी मस्यौदा समितिले प्रस्ताव तयार पारेको छ ।

त्यस्तै, राष्ट्रिय सभामा दिगो विकास, विधायन र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति प्रस्तावित छन् । यसबाहेक संसदीय सुनुवाइ समिति र राज्यको निर्देशन सिद्धान्त कार्यान्वयन समिति दुवै सभामा संयुक्त रहनेछन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस्

 


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com