राजपा नेपालका संयोजक महन्थ ठाकुर आइसीयुमा भर्ना



प्रकाशित मिति : Apr 16, 2018

काठमाडौं ।राष्ट्रीय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुर आइसीयुमा भर्ना भएका छन् । स्वास्थ्य जाँच गर्दा मुटुमा रहेको रक्तनलीमा समस्या देखिए पछि दिल्लीस्थित मेदान्त अस्पतालको आइसीयुमा भर्ना गरिएको हो  ।

यस अघि नेता ठाकुरको मुटुको चाल सन्तुलित बनाउन सर्जरी गरेर पेस मेकर जडान गरिएको थियो । मधेस आन्दोलन र निर्वाचन लगायतका राजनीतिक व्यस्तताका कारण त्यसयता उनले चेकजाँच गराउन पाएका थिएनन् ।

राजपा नेपालका प्रवक्ता कृष्ण सिंहका अनुसार एनजीयोग्राफी गर्दा एनजीयोग्राफीमा नसाबाट रगत प्रवाह रोकिएपछि थप उपचारका लागि हाल ठाकुरलाई विशेष निगरानी गरी आइसीयुमा राखिएको  छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com