ढुंगाले हानेर युवती हत्या गर्ने तामाङ प्रहरीद्वारा सार्बजनीक,हत्यामा संलग्न युवतीकै प्रेमी रहेको खुलासा



प्रकाशित मिति : Apr 16, 2018

बसुन्धारामा युवतीको हत्या भएको २४ घन्टा नबित्दै प्रहरीले हत्यामा संलग्न युवक पक्राउ गरेको छ।धापासी हाइट जाने बाटोमा मृत भेटिएकी महिलाको  गत सात महिनादेखि सँगै रहेका आफ्नै ‘प्रेमी’ ले हत्या गरेको खुलेको छ । हत्यामा संलग्न पर्साको ठोरी गाउँपालिका ४ घर भइ हाल धापासी बस्दै आएका ३० वर्षीय विजय तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

मृत्यु हुने युवती गोरखा घर बताउने पूर्णिमा विक र निज तामाङ सात महिनादेखि एक साथ रहँदै आएका थिए ।केही समय यता युवती अरुसँगै लाग्न थालेको आफुलाई शंका लागेको तामाङले बयानका क्रममा बताएका छन्। आईतवार साँझ दुवैको भेट भएपछि दुवैले सँगै बसेर मदिरा सेवन गरेको र अन्तमा तामाङले घर जाउँ भन्दा अटेर गरेको कारण नशा र रीसको झोंकमा पुर्णिमालाई  ढुंगा प्रहार गरेको प्रहरी समक्ष बयान दिएका हुन् ।

ढुंगा प्रहारपछि तामाङ अन्य दिन झै कोठामा पुगेर खाना पकाएर खाई सुतेका थिए।आज बिहान प्रहरीले रगत लतपतिएको लुगा सहित उनलाई कोठाबाट पक्राउ गरेको हो ।आफु पक्राउ परेपछि मात्र तामाङलाई पूर्णिमाको मृत्यु भएको थाहा भएको प्रहरी सामु बताएका छन् ।

आइतबार राति करिब १० बजे  बसुन्धारास्थित सुकुम्बासी टोलमा युवतीको हत्या भएको थियो।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com