पूर्व प्रधानमन्त्री सुशील कोइरालाका भाइ विजयकुमारको निधन



प्रकाशित मिति : Mar 22, 2018

काठमाडौँ ।  विजयकुमार कोइरालाको आज निधन भएको छ । उनि नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाका भाइ हुन् ।

नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७४ वर्षीय कोइरालाको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको काँग्रेसले जनाएको छ ।

कोइरालाको निधनप्रति कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्दै कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याउनुभएको योगदानको स्मरण गर्दै उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताए  ।

 

Advertisements

प्रतिक्रिया दिनुहोस्

 


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com