के लालबाबु पण्डितलाई पनि सत्ताको मात लाग्यो ? वास्तविकता के ?



प्रकाशित मिति : Mar 22, 2018

काठमाडौं । नवनियुक्त मन्त्री लालबाबु पण्डितको नाम नसुन्ने र कामको प्रशंसा नगर्ने सायद विरलै मान्छे होलान् । उनको स्पष्टता र सादगीपन नै उनको परिचय हो ।

पछिल्लो चरणमा सामाजिक सञ्जालमा मन्त्री लालबाबु पण्डितलाई पनि सत्ताको मात लागेको र उनमा सामन्ती सोच पलाएको भन्दै एउटा भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा मन्त्री पण्डितलाई एकजना सेनाले छाता ओढाएको देखिन्छ ।

उक्त भिडियो हेर्दा पानी परेको वातावरण देखिन्छ । यद्यपि मन्त्री पण्डितसँगै हिँडेका कसैले पनि छाता ओढेका छैनन् ।

मन्त्री पण्डित र उनीसँगै हिडेका व्यक्तिहरुको पछिल्तिर अरुले पनि छाता ओढेको देखिन्छ । दृश्य हेर्दा यो भिडियो खिच्दा हल्का पानी परिरहेको बुझिन्छ । यद्यपि भिडियो भने नकारात्मक टिप्पणीका साथ प्रस्तुत गरिएको छ ।

 


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com