पाइलटले अटेरी गर्नु नै दुर्घटनाको कारक



प्रकाशित मिति : Mar 12, 2018

नियमित रुट भन्दा फरक रुटबाट अवतरण गर्दा युएस बंगलाको विमान दुर्घटना भएको त्रिभूवन विमानस्थलको प्रष्टोक्ति, पाइलटले अटेरी गर्नु नै दुर्घटनाको कारक

काठमाडौं । नियमित रुटभन्दा फरकतिरबाट अवतरण गर्न खोज्दा युएस बंगलाको विमान दुर्घटना भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

विमानस्थल प्रशासनले पत्रकार सम्मेलन गर्दै पाइलटले अटेरी गर्दा दुर्घटना भएको प्रारम्भिक जानकारी दिएको हो । एअर ट्राफिक ‘कन्ट्रोलर’ले दक्षिण तर्फदेखि अवतरण गर्न पटक–पटक निर्देशन दिएपनि पाइलटले उत्तरतर्फबाट अनुमति मागेर जवरजस्ती गरेको विमानस्थल प्रशासनको भनाइ छ ।

एअर ट्राफिक कन्ट्रोलरले ‘एलान्मेन्ट’ मिलेन भनेर जानकारी गराउँदा पनि पाइलट उत्तरतर्फ नै गएपछि विमान नेपाली सेनाको ‘ह्याङगर’तिर गएर ठोक्किएको विमानस्थल प्रशासनको भनाइ छ । दुर्घटनाग्रस्त यूएस बाङ्ला विमानको ‘ब्य्याक बक्स’ फेला परेको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com