जिल्ला अदालतले भन्यो, ‘एभरेष्ट होटलका मालिक लारीलाई थुनामा राखेर कारवाही थाल्नु’



प्रकाशित मिति : Feb 13, 2018

काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश उमानाथ गौतमको इजलासले लागूऔषध चरेशको अन्तर्राष्ट्रिय अवैध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका एभरेष्ट होटलका मालिक मसकुर अहमद लारीलाई थुनामा राखेर कारवाही थाल्न अदालतले आदेश दिएको छ ।

आइतबार लारीलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। अदालतको आदेशपछि लारीलाई सुन्धारास्थित केन्द्रीय कारागारमा राखिएको छ। अदालतका सहप्रवक्ता टिकासिंह खत्रीले लारीको मुद्दाको सुरुवाती सुनवाई आईतबारबाट सुरु भएको बताए। मुद्दा बुझाए पनि लारी फरार रहेकाले उनको मुद्दा यथास्थितिमा रहेको थियो ।

२०६८ मा जिल्ला अदालतले मुद्दा ब्यूँताउदै सुनवाई सुरु गर्नुका साथै मसकुरको गिरफ्तारीका लागि ताकेता सुरु भएको हो ।

जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता विदुर कार्कीले २०६८ माघ २२ मा निवेदन दिएपछि मुद्दा ब्यूँतिएको थियो । सोही वर्ष माघ २७ मा अदालतले महानगरीय प्रहरी परिसर काठमाडौंमा ७० दिने वारेन्ट जारीगर्दै मसकुरलाई हाजिरगर्न पत्र पठाएको थियो ।

महानगरीय प्रहरी कार्यालयको टोलीले माघ २५ मा लारीलाई पक्राउ गरी अदालतमा बुझाएको थियो। लागूऔषध सम्बन्धी १९ वर्ष लामो मुद्दामा फरार रहेका लारी महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका थिए। सर्वोच्चमा चलिरहेको लारी बिरुद्धको अर्को एक शेयर खिचलो मुद्दामा उनकै पक्षमा फैसला भएको पाँचदिनपछि लारी पक्राउ परेका थिए।

प्रहरीमा १९९७ मा जर्मनीको फ्रयांकफर्ट विमानस्थलमा फेला परेको २ सय ५० किलो चरेस मसकुरले पठाएको जर्मन प्रहरीको पत्रसँगै उनीविरुद्ध कारवाहीको प्रक्रिया सुरु भएको थियो। तर प्रहरीले पक्राउ गर्न नसकेपछि मसकुरलाई फरार घोषितगर्दै काठमाडौं जिल्ला अदालतले मुद्दा तामेलीमा राखेको थियो।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com