अहिले सम्म मस्तिष्क मृत्यु पछि अंगदान गरिएको संख्या १ मात्र !



प्रकाशित मिति : Feb 13, 2018
  • रिया भण्डारी,

काठमाडौं । मानव शरीरको मष्तिष्क मृत्यु भएपछि अंगदान गर्न नियमावली बनेको झन्डै डेढ बर्ष भएको छ । तर, अहिले सम्म मस्तिष्क मृत्यु पछि अंगदान गरिएको संख्या १ मात्र छ ।

सडक दुर्घटनामा परेर वा कुनै कारणबस मस्तिष्क मृत्यु भएकाहरुको अंगदान गर्न सरकारले मानव शरीरको अङ्ग प्रत्यारोपण नियमावली २०७३ गत बर्ष मंसिर १६ गते पास गरको थियो । डेढ बर्षको अबधिमा ५ हजार मानिसले मस्तिष्क मृत्यु पछि अंगदान मन्जुरी दिएका छन् ।

नियमावली बने पनि मस्तिष्क मृत्यु भएकाको अंग दान गर्न परिवारका सदस्यको असहमति रहने गरेको चिकित्सकहरु बताउछन् । कुनै पनि व्यक्तिले मृत्यु पश्चात आफ्नो अंगदान गर्न सक्छ ।

तर, उसका परिवारका सदस्यले जानकारी नपाउदा मृत्यु पश्चात अंग लिने बेला समस्या हुने गरेको छ । मृत्यु भएका व्यक्तिको मन्जुरीनामा हुने तर, परिवारका सदस्यले दिन नमान्ने घटनाले अंगदान प्रक्रियालाई चुनौती थपेको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com