ओली र प्रचण्डवीच ‘वान टू वान’ वार्ताको यस्तो निर्णय



प्रकाशित मिति : Feb 13, 2018

काठमाडौं।  एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ‘वान टू वान’ वार्ता सकिएको छ । ललितपुरको मानभवनस्थित निर्माण व्यवसायी शारदा प्रसाद अधिकारीको घरमा दुई नेताबीच वार्ता भएको हो ।

दुई नेताबीचको वार्तामा बुधबार पार्टी एकता संयोजन समितिको बैठक बोलाउने र पार्टी एकताको टुंगो लगाउने निर्णय भएको  श्रोतले जानकारी दिए।  पार्टी एकता संयोजन समितिमा अध्यक्षद्वय ओली र प्रचण्डसहित एमालेका बरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोख्रेल रहेका छन्

माओवादी केन्द्रका तर्फबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेता रामबबहादुर थापा बादल रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com