हाँस्य कलाकार विल्सन राई ‘तक्मे बुढा’ सवार गाडी दुर्घटनामा



प्रकाशित मिति : Feb 13, 2018

हाँस्य कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ सवारी दुर्घटनामा परेका छन् । सोमबार राती मधुमल्ला महोत्सवमा सहभागी जनाएर झापा विर्तामोड फर्किनेक्रममा विल्सनको राति १२ बजे उनी सवार कार दुर्घटना भएको हो ।

आई.टेन कार चलाएका विल्सनले बाटोमा कुकुरलाई बचाउन खोज्दा कार दुर्घटना भएको बताइएको छ ।  उक्त कार सडकको किनारा तर्फ पल्टिएको छ । उनीसँगै कारमा बिशाल लिम्बु, युकेश लिम्बु, समिल राई र बाल कलाकार जेसिका राई समेत रहेको बताइएको छ । उनीहरु सकुशल रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com