रोल्पामा पनि अज्ञात समुहद्वारा एनसेल टावरमा बम विष्फोट



प्रकाशित मिति : Feb 13, 2018

रोल्पा । रोल्पाको माडी गाउँपालिका–६, मिनाहीडाँडामा रहेको एनसेलको टावरमा अज्ञात समूहले बम विष्फोट गराएको छ ।

सोमबार मध्यरातमा भएको विष्फोटबाट टावरको सोलार प्यानल, ब्याट्रि तथा अन्य केही उपकरणमा क्षति पुगेको प्रहरीले जनाएको छ  ।

उक्त घटना जनयुद्ध दिवस पारेर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले गराएको आशंका गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com