अज्ञात समूहद्वारा एनसेल टावरमा आगजानी



प्रकाशित मिति : Feb 13, 2018

धनकुटा । धनकुटानगरपालिका वडा नम्बर–१०, च्यानडाँडामा रहेको एनसेलको टावरमा आगजानी भएको छ । अज्ञात समूहले राति ११ बजे टावरमा रहेको ब्यट्रि  र सोलर प्यानलमा आगो लगाएको धनकुटाका प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले बताउनुभयो ।

उक्त घटना जनयुद्ध दिवस पारेर विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आगजानी गरेको आशंकका गरिएको छ ।

त्यसै धनकुटाको लेगुवामा रहेको भीम पौडेलको क्रसर उद्योगको डोजरमा पनि अज्ञात समूहले आगो लगाएको प्रहरीले बताएको छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com