२१ माघ २०७४, आईतवार

काठमाडौँ । कालिका पावर कम्पनीले प्रभावित क्षेत्रका स्थानीयवासीका लागि साधारण शेयर निष्कासन गरेको छ । कम्पनीले स्थानीयबासीलाई १० प्रतिशत हुन आउने ६ करोड रुपैयाँ बराबरको साधारण शेयर निष्कासन गरेको हो ।

कालिका पावर कम्पनीले स्थानीयबासीलाई न्युनतम १० कित्तादेखि तीन हजार कित्तासम्म आबेदन दिन पाउने जनाएको छ । कम्पनीले फागुन ६ गते देखि ढिलोमा फागुन २१ गते सम्म स्थानीयवासीले आबेदन दिन पाउँने जनाएको छ । हाल गोरखा जिल्लाका स्थानीयवासीका लागि दुई लाख ४० हजार कित्ता मुच्चोक, सौरपानी, ताकुमाझ लाकुरीबोट, मसेल, श्रीनाथ कोट, ताप्ले, नारेश्वर गाविस र गोरखा नगरपालिका वडा नं ४, ५ तथा १३ का लागि निष्कासन गरिएको कम्पनीले जनाएको छ ।

गोरखा जिल्लाका अन्य क्षेत्रका स्थानीयवासीले ३ लाख ६० हजार कित्ता शेयर पाउने कम्पनीले जनाएको छ । स्थानीयवासीलाई शेयर वितरणपछि कम्पनीले २० प्रतिशत हुन आउने १२ करोड रुपैयाँ बराबरको सर्वसाधारणको लागि शेयर निष्कासन गर्ने भएको छ । कालिकाले स्थानीयबासीलाई न्युनतम १० कित्ता शेयर निश्कासन गर्ने ।

LIVE TV