२० माघ २०७४, शनिबार

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा योगेन्द्रनाथ कर्माचार्य निर्वाचित भएका छन् ।

चितवनको रत्ननगरमा शनिबार सम्पन्न महासंघको पाँचौं राष्ट्रिय महाधिवेशनले आगामी तीन वर्षे कार्यकालको लागि कर्मचार्र्यलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

उनले आफ्ना प्रतिस्पर्धी डोलनाथ खनाललाई २ सय ७९ मत अन्तरले पराजित गरेका हुन् । त्यसक्रममा नवनिर्वाचित अध्यक्ष कर्माचार्यले आफू व्यवसायिक हितमा लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले शक्तिशाली यातायात प्राधिकरण गठन गरी व्यवसायीहरुको समस्या समाधान गर्न सरकारलाई बाध्य पार्ने योजना पनि अघि पारे ।
महासंघले संघीय ढाँचा अनुसार सबै प्रदेशहरुमा प्रदेश संयोजक समेत चयन गरेको छ ।

LIVE TV