२० माघ २०७४, शनिबार

काठमाडौँ ।  ७ नम्बर प्रदेशसभाको बैठक भोलिका लागि बोलाइएको छ । पहिलो बैठकले सभामुख निर्वाचनको मिति तोक्ने कार्यसूची बनाएको छ । प्रदेश ७ को पहिलो बैठकको कार्यसूचीमा २७ गते सभामुखको चुनावको मिति तोक्ने विषयमा छलफल हुने छ । बैठकले यो मिति पारित गरे २५ गते नामावली प्रकाशित गरी २७ गते सभामुख चयन हुने बताइएको छ ।

यस्तै प्रदेश ६ को पहिलो बैठकले पनि सभामुख चयनलाई प्राथमिकतामा राखेको छ । ६ नम्बर प्रदेशको पहिलो बैठक भोलिका लागि नै तय गरिएको छ । सभामुख चयनका लागि २९ गते चुनावको मिति तोक्ने तयारी गरिएको छ । २९ गतेको मितिका विषयमा पहिलो बैठकमा छलफल हुने प्रदेश ६ को सांसद सचिवालयले जनाएको छ ।

LIVE TV