२० माघ २०७४, शनिबार

काठमाडौं । नेपालको ‌औपचारिक निम्तोबिना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दूतका रुपमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले दुई दिने भ्रमणमा नेपाल पाचँवटै राष्ट्रिय पार्टीका नेतासँग भेटघाट गरिन्।

केहीसँग सामूहिक त केहीसँग ‘वान टु वान’ वार्ता पनि गर्न भ्याइन् सुष्माले । उनले राष्ट्रिपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डु’ संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष महन्त ठाकुरलगायत नेतासँग भेटघाट गरेकी छन् । अन्नपूर्ण पोस्टमा खबर छ ।

एमाले अध्यक्ष ओली र विदेशमन्त्री स्वारजबीच भेटवार्ता
त्यस क्रममा उनले नेपालको संविधानमा मधेसीका मुद्दा समावेश नभइसकेको सं‌केत गर्दै नयाँ जनादेशपछि त्यो मुद्दालाई अघि बढाउनेबारे पनि छलफल गरेकी थिइन् ।

फोरम र राजपाका नेतासँगको भेटका क्रममा उनले मधेसवादी दलले निर्वाचनबाट ल्याएको परिणामले आफु खुसी भएको बताएकी थिइन् । निर्वाचन परिणामबाट भारत खुसी भएको सन्देशसँगै एकता गरेर अघि बढ्न सुझाएकी स्वराजले मधेसको मुद्दाबाट नेपालमा अझै राजनीतिक अस्थिरता खोजेको भारतीय दृष्टिकोण पनि छरपष्ट पारिन् ।

प्रचण्ड र सुष्मा स्वराजको भेटमा के भयो कुराकानी
ओली आफ्नो सद्भाव र समर्थनका कारण दोस्रो पटक प्रधानमन्त्री बन्न सकेको सन्देश विश्व समुदाय देखाउन पनि भारतले सुष्मालाई नेपाल पठाएको थियो। ओली र नेपाललाई चीनसँग नजिक हुनबाट रोक्ने भारतीय प्रयासका रुपमा पनि यो भ्रमणलाई हेरिएको छ ।
माओवादी केन्द्रस् माओवादीका अध्यक्ष प्रचण्डसँग पनि उनले ‘वान टु वान’ वार्ता गरिन् । प्रचण्डसँग पनि होटल सोल्टीमै निर्वाचनमा वाम गठबन्धनले जितेकोमा उनले बधाई दिइन् ।

ओली र प्रचण्डसँगको भेटमा सुष्माको चासो दुई पार्टीबीचको एकतामा पनि थियो । तर उनले आफूहरु अब सहकार्य गरेर अघि बढ्न तयार रहेको सन्देश प्रचण्डलाई पनि दिइन् । चुनावपछिको नेपालको परिस्थिति र नयाँ सरकार गठनबारेमा प्रचण्डको भेटमा उनले चासो राखेकी थिइन् ।

वर्तमान परिस्थितिमा नेपालको राजनीति कसरी अगाडि बढ्छ भन्ने विषयमा समेत उनले चासो दिइन् । भारतीय अर्थमन्त्री अरुण जेट्लीले नयाँ बजेटमार्फत नेपालको सहयोग ७० प्रतिशतले बढाएको घोषणा गरेको भोलिपल्ट नेपालको स्थायित्व र विकासका लागि सहयोग गर्न भारत तयार रहेको आश्वासन उनले दिइन् ।

LIVE TV