१९ माघ २०७४, शुक्रबार

सल्यान । सल्यानको वनगाड कुपिण्डे नगरपालिका र सुर्खेतको सीमा देवस्थलको आमखोलीमा शुक्रबार अपरान्ह ४० केजी चरेससहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बन्गाड कुपिण्डे नगरपालिका –१, देवस्थल खहरेखोलाका ४० वर्षीय जीवन बस्नेत र जाजरकोट घर भई हाल सल्लीबजारमा बस्दै आएका ५० वर्षीय अम्मर शाही रहेका छन् । उनीहरुलाई नेपाल प्रहरीको ६ नम्बर प्रदेश ब्यूरोले पक्राउ गरेको हो ।

पक्राउ परेका दुव जनालाई सुर्खेत लगिएको छ । दुवै जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । ग्राहक बनेर प्रहरी उनीहरुसम्म पुगेको थियो । पक्राउ गर्नका लागि प्रहरीले उनीहरुसँग चरेसको डिल गर्दै सल्लीबजारसम्म पुगेको थियो । केही समयअघि पाएको विशेष सूचनाका आधारमा प्रहरीले निरन्तर पछ्याइरहेको प्रहरी श्रोतले बताएको छ ।

४० किलो चरेस सल्यानको सल्लीबजार हुँदै नेपालगञ्ज पठाउने योजना रहेको प्रहरीले सुराकी पाएपछि उनीहरुलाई पक्राउ गरेको वताएको छ । यस घटनाको थप अनुसन्धान गर्न लागेको भन्दै प्रहरीले पत्रकार सम्मेलन गरेर मात्र सार्वजनिक गर्ने बताएको छ ।

LIVE TV