१९ माघ २०७४, शुक्रबार

गोरखा । बुवाको किरिया बसिरहेका एक ब्याक्तिका हृदयघातका कारण मृत्य भएको छ। गोरखा नगरपालिका ६ दरबारमार्ग निबासी ईश्वर अर्यालको शुक्रबार दिउँसो दुई बजेतिर मृत्य भएको यनका आफन्तले जानकारी दिएका छन्।

उनी बुवा सूर्यनाथ अर्यालको सातौं दिनको किरिया बसिरहेका थिए। ‘पँधेराको काम सकेर तीनधारेबाट फर्किरहेका थिए । उनि स्थानिय कृष्णमन्दिरको अगाडि आइपुगेपछि ढलेका थिए। उनलाई बोकेर एपोलो अस्पताल पुर्‍याउँदा मृत्यु भएको पुष्टि गरीएको थियो।’

उनको हृदयघातका कारण मृत्यु भएको चिकित्सक सन्तोष मास्केले जानकारी दिए। ६० वर्षीय अर्यालको दुई छोरा, तीन छोरी र श्रीमती छन्।

LIVE TV