१९ माघ २०७४, शुक्रबार

पाँचथर । फिदिम नगरपालिका–५ का कुबेर तुम्बापो आफ्नो श्रीमतीले छ लाख रुपैयाँ लिएर बेपत्ता भए पछि बिचल्लीमा परेका छन् । २६ वर्षीया ‘सुस्मिता’ भनिने कमला तुम्बापोले ६ लाख रुपैयाँ लिएर बेपत्ता भएकी हुन् । कुबेर वैदेशिक रोजगारीको सिलसिलामा केही वर्ष मलेसिया बसेर कमाएको सो पैसा लिएर बेपत्ता भएकी हुन् ।

मजदुरीका लागि आफू पोखरा रहेका बेला चार दिनअघि श्रीमती बेपत्ता भएको पीडित कुबेरले बताएका छन् । कमाला फिदिम–२ स्थित साम्दिन घुम्ती बजार जाने भन्दै घरबाट निस्केको तर फर्केर नआएको परिवारले बताएका छन् । तुम्बापो दमपतीका एक छोरा र एक छोरी छन् ।

LIVE TV