१९ माघ २०७४, शुक्रबार

काठमाडौँ । नेपाली साहित्यका लोकप्रिय कथाकार मनु ब्राजाकीको निधन भएको छ । मष्तिष्कघातबाट पीडित कथाकार ब्राजाकीको उपचाररत अवस्थामै पाटन अस्पतालमा शुक्रबार बिहान निधन भएको हो ।

उनी मंसिर २३ गतेदेखि अस्पतालको सघन कक्षमा उपचाररत थिए । उनलाई ब्रेनस्ट्रोक भएको बताइएको छ ।

महोत्तरीको औरहीमा जन्मिएका मनुको खास नाम चेतमानसिंह भण्डारी भएपनि साहित्यिक उपमामा मनु ब्राजाकीको नामले उनी प्रख्यात छन् ।

अवमूल्यन’, ‘आकाशको फल’, ‘तिम्री स्वास्नी र म’, ‘पारदर्शी मान्छे’ कथा संग्रहहरुसहित गजल र कविता समेत प्रकाशित गरेका ब्राजाकी साझा पुरस्कार, मैनाली पुरस्कार, महाकवि देवकोटा पुरस्कार, पद्मश्री सम्मान आदिबाट पुरस्कृत भएका छन् ।

LIVE TV