१८ माघ २०७४, बिहीबार

एजेन्सी । भारतीय टिभी कलर्समा बिग बोसको ११औँ सिजनबाट चर्चामा आएकी अर्शी खानले सलमान खानसँग रोमान्टिक फिल्म गर्न मन लागेको बताएकी छिन् । सलमानले अहिलेसम्म अनस्क्रिन कसैलाई पनि किस नगरेको भन्दै  रोमान्टिक तथा किस सिनेमा अभिनय गर्न तयार रहेकी अर्शीले भारतीय मिडियासँगको अन्तर्वार्तामा भनेकी हुन्।

अर्शीले बिग बोसको घरमा सलमानको फोटोलाई बारम्बार चुम्बन गर्ने गरेको पनि खुलाएकी छिन् । सलमानले आफ्नो फिल्ममा चुम्बन दृश्य नराख्ने गरेको जानकारी आफूलाई भएको समेत अर्शीले दाबी गरेकी छिन् । पर्याप्त सोचविचार नगरी बोल्ने बानीका कारण आलोचनाको सिकारसमेत हुने गरेकी अर्शीले आफू हालै एउटा साउथ इन्डियन फिल्ममा अनुबन्धित भएको र सो फिल्ममा बाहुबली प्रभासले पनि अभिनय गर्ने दाबी गरेकी छिन् ।

अर्शीले आफूलाई बलिउडमा कंगना रनावट निकै मनपर्ने बताएकी छिन् । ‘कंगना निकै बोल्ड छिन् । सत्य कुरा बोल्न डराउँदिनन्, उनमा आडम्बर छैन । म पनि त्यस्तै छु । त्यसैले मलाई कंगना बेस्ट लाग्छ । उनी नै मेरो आदर्श हुन्,’ उनको भनाइ छ । अन्तर्वार्तामा उनले आफूलाई महेश भट्टजस्तो निर्देशकसँग काम गर्न मन लागेको खुलाएकी छिन् ।

 

LIVE TV