१८ माघ २०७४, बिहीबार

काठमाडौं । प्रदेश ३ को सभामुख चयनका लागि माघ २७ गते निर्वाचन हुने भएको छ ।

प्रदेशसभा बैठकअघि बसेको सर्वदलीय बैठकले २७ गतेको बैठकबाट सभामुख चयन गर्ने सहमति गरेको हो ।

सभामुख निर्वाचनको भोलिपल्ट उपसभामुख चयन हुने ज्येष्ठ सदस्यको हैसियतले सभामुखको भूमिका निर्वाह गरिरहेका डोरमणि पौडेलले बताए। ३ नम्बर प्रदेशमा एमालेको एकल बहुमत छ ।

वाम गठबन्धनमा भएको सहमति अनुसार ३ नम्बर प्रदेशको मुख्यमन्त्री र सभामुख दुवै पद एमालेले पाएको छ । उपसभामुख भने माओवादीको भागमा परेको छ ।

LIVE TV