१७ माघ २०७४, बुधबार

प्यूठान । रोजारीको शिलशिलामा धेरै युवा विदेशिएका छन् । अघिकांश युवा त स्वदेशमा झै विदेशमा पनि कृषि क्षेत्रमै काम गरेर फर्कनन्छ । युवाहरु विदेशमा सिकेको शीप स्वदेशमा प्रयोग गर्दैनन् । तर, कतिपय भने विदेशमा सिकेको शीप स्वदेशमा पनि प्रयोग गरेर जीवन निर्वाहगरिरहेका छन् ।

प्यूठान गौमुखी गाउँपालिका ५ नम्बर वडाका रुद्रसिंह कुँवरले लामो समय भारतको दिल्लीमा प्रहरीको रुपमा काम गरे । प्रहरी सेवामा रहँदा उनले दुर्गम क्षेत्रमा समेत काम गरेका थिए ।

ती दुर्गम क्षेत्रका कृषकले अलैची खेती गरेर राम्रो आम्दानी गरेको उनले राम्रै नियालेका थिए । रुद्रसिंह प्रहरी सेवाबाट अवकासपछि गाउँ फर्केका छन् ।

र, दिल्लीको ग्रामिण भेगका कृषक झै उनले पनि गाउँमा अलैची खेती फैलाउँने योजना बनाएका छन् । गाउँमा रुद्रसिंहको नर्सरी छ । सुरुमा उनले अलैचीको वेर्ना प्रतिगोटा ५० रुपैयाँ किनेका थिए ।

अहिले उनको नर्सरीमा ४ लाख वरावरका वेर्ना छन् । उनले केही क्षेत्रमा अलैची रोपेका छन् । अलैची लगायतको वेर्नाबाट उनले आम्दानी गर्न पनि थालेका छन् ।

चार लाख रुपैयाँ लगानीमा व्यसाय सुरु गरेका रुद्रसिंह जिल्लामै पहिलो अलैची व्यवसायी भएका छन् । उनको सय रोपनी जमिन छ । सबै जमिनमा विभिन्न बोट विरुवा रोप्ने तयारी गरेका छन् ।

अरु युवाले पनि गाउँमै कृषजन्य व्यवसाय अंगाले स्वदेशै राम्रो आम्दानी गर्न सक्ने सन्देश रुद्रसिंहको कृषी कर्मले सन्देश दिएको छ ।

LIVE TV