१७ माघ २०७४, बुधबार

उपभोक्ता नठगिएको कुन क्षेत्र होला ? सामान्य किराना पसलदेखि मल्टिनेशनल कम्पनीसम्मले उपभोक्तलाई हायल–कायल बनाइसकेका छन् । र, योक्रममा पछिल्लो पटक आएको छ– निम्नवर्गले विलासिताको साधन ठान्ने चार पाङ्ग्रे सवारी साधन ।

अक्सर उच्च वर्गकाले किन्ने भएकाले यसमा भइरहेको ठगी जनस्तरमा चर्चाको विषय बन्दैन । तर, विक्रेताले बर्षौदेखि कानूनसमेत पालना नगरी उपभोक्ताको ढाड सेकिरहेका छन् ।

हुन्डाई गाडीको नेपालका लागि आधिकारिक विक्रेता हो, काठमाडौं थापाथलीस्थित लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि । जसले लुटको ‘साम्राज्य’ चलाइरहेको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले विक्रि गरिरहेको यो इओएन इरा प्लस गाडी ।

यो गाडीको वास्तविक मूल्य १२ लाख ४४ हजार ९९ रुपैयाँ हो । तर, लक्ष्मी इन्टरकन्टिनेन्टलले लिन्छ १८ लाख ८७ हजार ५ सय ७५ रुपैयाँ । प्रत्येक गाडीमा ६ लाख ४३ हजार ४ सय ७६ रुपैयाँ नाफा । सरकारी कानूनअनुसार वास्तविक मूल्यमा बीस प्रतिशतभन्दा बढी रकम जोडेर सामान विक्रि गर्नु ‘कालोबजारी’ हो । तर, यहाँ लक्ष्मी इन्टरकन्टिनेन्टलको नाफा नै ५३ प्रतिशत नाफा असुलेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले विभिन्न शीर्षकमा यसरी असुल्छ पैसा ।

कानूनले ‘कालोबजारी’ ठह¥याउने हर्कत गरेपनि लक्ष्मी इन्टरकन्टिनेन्टलको यस्तो लुट निरन्तर चलिरहेको थियो । तर, अहिले उसको कर्तुत सरकारी निकायसम्म पुगेको छ । उपभोक्ता ठगिएको गुनासोपछि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले लक्ष्मी इन्टरकन्टिनेन्टलमा स्थलगत अनुगमन ग¥यो । र, पुष्टि भयो इओएन इरा प्लस गाडीमा ६ लाखभन्दा बढी नाफा लिएको कर्तुत ।

सत्य पहिल्याएपछि विभागले लक्ष्मी इन्टरकन्टिनेन्टलविरुद्ध कारवाही प्रक्रिया अगाडि बढाएको छ । तर, थामथुप पार्न उ विभिन्न शक्ति केन्द्र धाइरहेको छ । यतिसम्की अर्थमन्त्री र सचिवसमेतलाई प्रभावित पारेर उन्मुक्ति लिने खेल भइरहेको छ । मूल्य निर्धारणको नीति र मापदण्ड बनाउन चासो नदिने राजनीतिक र प्रशासनिक नेतृत्व ठूला व्यापारीको अगाडि निरिह बन्ने र दोषीले नै उन्मुक्ति पाउने संभावना लक्ष्मी इन्टरकन्टिनेन्टलको मुद्दामा पनि दोहोरिने संभावना छ ।

LIVE TV