१७ माघ २०७४, बुधबार
  • हरिश क्षेत्री

भारतको नयाँ दिल्लीमा भएको प्रथम ईन्डियन अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा नेपालका विमला श्रेष्ठ र पुनम रावलले कास्य पदक जितेका छन।

मंगलबार भएको खेलमा महिला लाइट वेल्टरवेट ९६४ केजी तौलसमूह० समूह अन्तरगत पुनम रावल सेमिफाइनल खेलमा भारतीय खेलाडी प्विलओ बशुमत्राई सँग पराजित हुँदै कास्य पदकमा चित्त बुझाएकी थिईन। रावलले दोस्रो अन्तर्राष्ट्रिय सहभागितामा जितेको पहिलो अन्तर्राष्ट्रिय पदकमा हो ।
साथै नेपालकी विमला श्रेष्ठले यस अघि नै लाइट वेल्टरवेट ५४ किलो तौल समुहको सेमिफाइनलमा भारतकी मनिषा संग हार बेहोर्दै कांस्य पदकमै चित्त बुझा केकिकि परेको थियोे ।

सरस्वती राना मगर, मनोहर (म्याक्स) बस्नेत, भूपेन्द्र थापामगर र विष्णुप्रसाद घले भने क्वाटर फाईनलमा नै पराजित भएका थिए ।प्रतियोगितामा सहभागी ६ अफिसियल र १२  जना महिला र पुरुष  खेलाडी सहित प्रतियोगितामा सहभागी जनाउन नेपालबाट १८  जनाको टोलि नयाँ दिल्ली पुगेको थियो ।

LIVE TV